Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):


Binita Karki "Birahi"
बिनिता कार्की "विरही"
गजल

आज गौतम बुद्धको याद आइरहेछ
कारण आफ्नै छाँयाले जिस्काइरहेछ



गीता, वाईवल, त्रिपिटक सबै पढेपछि
सबै एक हौँ भनी कोही सम्झाइरहेछ



जसलाई हिजो आश्वसान छोडेर आयौ
आज उही तिम्रो बुख्याचा जलाईरहेछ


Poem

Keshar Thulung
(केशर थुलुङ)

Fire

Fire
A violent missile is
Before whom
Nobody's strength gets shaken

It is not soft
As man's heart
That melts down easily
Nor it is
Like the flowers
That blossom in throngs
In the spring


Bhanubhakta Acharya
(भानुभक्त आचार्य)
कविता
 
घाँसी

भर जन्म घाँस तिर मन दिई धन कमायो
नाम क्यै रहोस पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धी कस्तो
मा भानुभक्त धनी भैकन किन यस्तो ।



मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घरभित्र नै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु नराखि किर्ति ।

 
गजल - सुश्मा बस्नेत

गलत छ कि तेरो खाता आफै छान्न आइज
झुक्याउछस् कति काल ! निम्तो मान्न आइज
 
 
कतिलाई रुवाई छाडिस कति पारिस एक्ला
मेरो रुने कोहि छैनन् सत्य जान्न आइज
 
कविता


आमाको सपना- गोपाल प्रसाद रिमाल


 
आमा, त्यो आउँछ र ?
"हो बा, त्यो आउँछ ।
त्यो विहानीको सूर्यझैं उज्यालो छर्दै आउँछ ।
त्यसको कम्मरमा झुण्डिएको शीतजस्तै टल्कने
तिमी एक हतियार देखनेछौ;
त्यसैले उ अधर्मसित लड्नेछ ।
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभन्दा पनि
बड्ता छोइने भएर आउँछ ।"
हो र आमा ?
"हो, तिमी जन्मँदा तिम्रो कलिलो अनुहारमा
त्यसकै छाँया देखने आसा गरेकी थिएँ;
तिम्रो हिँस्सी परेको हँसाइमा त्यसैको सुन्दर छवि;

तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनी;
तर त्यो मीठो गीतले तिमीलाई
आफ्नो वाँसुरी बनाएनछ !
त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो ।
जेहोस त्यो आउँछ;
म आमा हुँ, सारा सृजना शक्तिको मुख भएर
म भन्न सक्तछु,
गजल - कृष्ण कला वनेम
 
 
तिम्रो माया आँखाबाट आँसु बनि पोखियो
तस्बिर थियो नानीभित्र परेलीले छोपियो
 
 
वसन्तको फूलबारीमा दुई माली भेटिदा
सुन्दर प्रेमको फूलहरु मुटुभित्र रोपियो
 
 
तारा खस्ने साईतमा माया हाम्रो बस्दा
एक-अर्काको नामहरु हात भरि खोपियो
 
कविता

खुसी हुनु- गौरभ लामा


तिम्रो जीत हुन्छ भने हारी दिन्छु खुसी हुनु
सारा मनको ईच्छाहरु मारी दिन्छु खुसी हुनु
यसो गर्दा तिमीलाई सधै शान्ती मिल्छ भने
मुटु झिकी तातो तेलमा खारी दिन्छु खुसी हुनु 
 
साथ दिने बहानामा लुट्दै गयौ हाँसो जति
आँखाबाट आँसु धारा झारी दिन्छु खुसी हुनु   
महलमा रम्ने तिमी किन बस्थ्यो झुपडिमा
तिम्रो लागि  ठुलो महल बनाई दिन्छु खुसी हुनु


कविता
शान्तिको  लागि- चरन थुलुङ

 
हिजो सुन्दर  बस्ती थियो 
उजाडिएछ आज यहाँ
जिउन गह्रो हुदोरहेछ्
शान्ती हुन्न जहाँ  

आशान्तिले छाएको  
मेरो देश आज
देश बनाउछु भन्नेहरु
गर्दै छ्न यहाँ राज

कविता

मेरो आसा- प्रशु राम राई  
 
आसा  राखेको छु मैले पनि
कतै खुसी मिल्छ कि भनि
वाचा गरेको छु मैले पनि
कही मिलन हुन्छ कि भनि

रोएको छैन कहिले पनि
तिम्रो मन दुख्छ भनि
आँसु छैन बाहिर मेरो 
भित्र आत्म रोए पनि