Binita Karki "Birahi" बिनिता कार्की "विरही" |
आज गौतम बुद्धको याद आइरहेछ
कारण आफ्नै छाँयाले जिस्काइरहेछ
गीता, वाईवल, त्रिपिटक सबै पढेपछि
सबै एक हौँ भनी कोही सम्झाइरहेछ
जसलाई हिजो आश्वसान छोडेर आयौ
आज उही तिम्रो बुख्याचा जलाईरहेछ
देश बन्थ्यो सबले आफ्नो उन्नति सोचे
हामीलाई त अरुको जीतले सताईरहेछ
म एक-कदम बढ्छु तिमी अर्को चाल्नु
यही सिद्धान्तले विश्व हल्लाइरहेछ ।
No comments:
Post a Comment