Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):

सम्पादकको कलम

 

                यतिबेला हामी एउटा नौलो यात्रामा छौँ । यो यात्रा हो नेपाली साहित्यको । साँच्चै भन्नुपर्दा भानुभक्तदेखि अलि स्पष्टरुपमा सुरु भएको यो नेपाली साहित्य विभिन्न विषम प्रस्थितीलाई चिर्दै पनि विश्वव्यापी हुन र हुने क्रममा आफ्नो यात्रालाई अगाडि बढाइरहेको पाउँदा अझ गौरववान्तित बन्नु पक्कै पनि हाम्रो निम्ति गर्वकै कुरा हो । जन्मनु अनि मर्नु यो ध्रुवसत्य कुरा हो मानिसको निम्ति या भनुँ सम्पूर्ण सजीव प्राणीको निम्ति । तर सृजनाको कुरा गर्दाखेरि, सृजनाहरु कहिल्यै पनि मर्दैनन्, तबसम्म यो युगको अन्त हुदैन । यहि उदेश्य बोकेर निर्माण भएको हो www.napalisahityasanjal.blogspot.com । र हामी सबैलाई थाहै छ- आजको युग भनेको सम्पूर्ण साधनले पूर्ण बनेको युग हो । तथापि यो युगकै सहयात्री बनेर निरन्तर यात्रा गर्ने हाम्रो जमर्को हो । यो यात्राको निम्ति सवभन्दा श्रेय त तपाई सर्जकहरु हुनुहुन्छ, तपाई सर्जकहरुविना यो यात्रा अपूरो, अधूरो रहनेमा पक्कै दुईमत छैन । 

               यहाँनेर आएर अझ सृजनाको कुरा गर्दा- सृजना वैयक्तिक प्रतिभादुवारा प्रस्फुटित हुने, दिर्घसाधनादुवारा उज्यालिने, खारिने र विशिष्टतातर्फ उन्मुख हुने एक विलक्षण कार्य हो । अर्को अर्थमा भन्नुपर्दा- बलिरहेको आगोमा हाम फाल्नु, सगरमाथाको सिखर चुम्नु, चन्द्रामा पुग्नु अनि समुद्रको गहिराईमा डुबेर मोती निकाल्नुजस्तै चुनौतिपूर्ण कार्य पनि हो । सायद यहि भएर होला जो कोही पनि यो बाटोमा सहजै लाग्न चाहदैनन् र सक्दैनन् पनि । र त मानिएको छ- सृजना गर्ने वा यो बाटो अँगाल्ने हरेक सर्जकहरु ईश्वरको रुप हुन । त्यसैले सम्पूर्ण सर्जकहरु (ईश्वरहरु) मा साहित्यिक न्यानो अभिवादनसहित यहाँहरु सबैलाई (तपाईहरु सबैको सृजनाको) सर्वदा हार्दिक स्वागत गर्दछ "नेपाली साहित्य सञ्जाल" ।

                अन्तमा-  निरन्तर . . . निरन्तर तपाईहरु सर्जकको मायाको अपेक्षा राख्दै, साधुवाद !

सम्पादक

 

No comments:

Post a Comment