Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):

कविता

मेरो आसा- प्रशु राम राई  
 
आसा  राखेको छु मैले पनि
कतै खुसी मिल्छ कि भनि
वाचा गरेको छु मैले पनि
कही मिलन हुन्छ कि भनि

रोएको छैन कहिले पनि
तिम्रो मन दुख्छ भनि
आँसु छैन बाहिर मेरो 
भित्र आत्म रोए पनि

प्रश्न गरेको छैन मैले तिमीलाई 
मिलन के हो भनि
सधै सुख दिन खोज्छु
कतै दु:ख नहोस भनि
 
अस्ताएको घामजस्तो भएको मेरो जीवन
आसा छ  फेरि  उदाउँछ  कि भनि
साचो प्रेम गरेको छु मैले तिमीलाई
तिमी मबाट टाढा भए पनि

 भोजपुर 

No comments:

Post a Comment