Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):

कविता
शान्तिको  लागि- चरन थुलुङ

 
हिजो सुन्दर  बस्ती थियो 
उजाडिएछ आज यहाँ
जिउन गह्रो हुदोरहेछ्
शान्ती हुन्न जहाँ  

आशान्तिले छाएको  
मेरो देश आज
देश बनाउछु भन्नेहरु
गर्दै छ्न यहाँ राज

देश बनाउने बहानामा
देश नै खोक्रो पारेपछि
के आउँला   शान्ती खै 
सबै रिती सकेपछी

सबै मिली शान्तिको 
नारा लाउनु पर्यो
देश खोक्रो पार्ने धमिरालाई
देशै निकाला गर्नु पर्यो

 अनि आउछ शान्ती यहाँ
अनि छाउछ खुसी यहाँ
अनि शान्तिको दिप बल्नेछ्
अनि सुन्दर भविष्य बन्नेछ

No comments:

Post a Comment