Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):

कविता

खुसी हुनु- गौरभ लामा


तिम्रो जीत हुन्छ भने हारी दिन्छु खुसी हुनु
सारा मनको ईच्छाहरु मारी दिन्छु खुसी हुनु
यसो गर्दा तिमीलाई सधै शान्ती मिल्छ भने
मुटु झिकी तातो तेलमा खारी दिन्छु खुसी हुनु 
 
साथ दिने बहानामा लुट्दै गयौ हाँसो जति
आँखाबाट आँसु धारा झारी दिन्छु खुसी हुनु   
महलमा रम्ने तिमी किन बस्थ्यो झुपडिमा
तिम्रो लागि  ठुलो महल बनाई दिन्छु खुसी हुनु


झुक्किएर हेरेँ  भने फेरि घृणा जाग्न सक्छ्
आँगनीमा चारैतिर बारी दिन्छु खुसी हुनु   
अब कुनै लक्ष्य छैन रोकी दिएँ  यात्राहरु 
म त  जीवनसङ्गै टाढी दिन्छु खुसी हुनु

अती कस्ट मान्छौ भने तिम्ले मलाई भेट्दाखेरि
मेरो बास स्वर्गतिरै  सारी दिन्छु खुसी हुनु ।

 

             

 

No comments:

Post a Comment