गजल - कृष्ण कला वनेम
तिम्रो माया आँखाबाट आँसु बनि पोखियो
तस्बिर थियो नानीभित्र परेलीले छोपियो
तस्बिर थियो नानीभित्र परेलीले छोपियो
वसन्तको फूलबारीमा दुई माली भेटिदा
सुन्दर प्रेमको फूलहरु मुटुभित्र रोपियो
सुन्दर प्रेमको फूलहरु मुटुभित्र रोपियो
तारा खस्ने साईतमा माया हाम्रो बस्दा
एक-अर्काको नामहरु हात भरि खोपियो
एक-अर्काको नामहरु हात भरि खोपियो
तर तिम्री स्वार्थि रै'छौ विश्वासघाती रै'छौ
पलभर मै प्रितहरु शितजस्तै थोपियो
पलभर मै प्रितहरु शितजस्तै थोपियो
तिम्रो भित्री रुप अनि मायावी त्यो वचन
बाणभन्दा तिखो भै यो छातीमा घोपियो ।
बाणभन्दा तिखो भै यो छातीमा घोपियो ।
रचना: २०७० वैशाख २२
No comments:
Post a Comment