गजल - सुश्मा बस्नेत
गलत छ कि तेरो खाता आफै छान्न आइज
झुक्याउछस् कति काल ! निम्तो मान्न आइज
झुक्याउछस् कति काल ! निम्तो मान्न आइज
कतिलाई रुवाई छाडिस कति पारिस एक्ला
मेरो रुने कोहि छैनन् सत्य जान्न आइज
मेरो रुने कोहि छैनन् सत्य जान्न आइज
मेरो भागको आयु दिनु बाँच्न चाहनेलाई
रहरहरु पुगी सके छिटो तान्न आइज
रहरहरु पुगी सके छिटो तान्न आइज
तिरस्कारमा बाँच्नु छैन माया नपाई यहाँ
धन्य हुन्थेँ मुक्ति पाए रित धान्न आइज ।
धन्य हुन्थेँ मुक्ति पाए रित धान्न आइज ।
No comments:
Post a Comment