Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):

कबिता

(आगो-१९)
-प्रचण्ड र पतिया-
Bhupal Rai
(भुपाल राई)


मान्छेहरु अझैपनि
'प्रचण्ड-प्रचण्ड' भन्छन्
तर चौँथो अङ्ग भन्छ
'पुष्पकमल दाहाल'
मान्छेहरुलाई अझैपनि
प्यारो छ 'प्रचण्ड'
तर राज्यका हरेक अङ्गलाई प्यारो छ
केवल 'दाहाल'
यसरि, दसदस वर्षको कंक्रीटले बनेको 'प्रचण्ड'
दसै जिब्रोको धक्काले हार्छ
'पुष्पकमल दाहाल'सँग
अब बडो मुस्किलले प्रबेश पाउनेछ
सञ्चार-खोपिमा 'प्रचण्ड'ले
र छाडिनेछन् गेटबाहिर जनताहरु
किनभने एकसे एक पण्डितहरु छन् बिराजमान त्यहाँ
जसले निर्वस्त्र पारेर मुलगेटमै
पतिया गर्छन् 'प्रचण्ड'को
र आसनमा राखेर
सेवा गर्छन् 'दाहालहरुको'

युद्द
पहिले जनता र दुश्मनहरुको बीचमा हुन्थ्यो
अब युद्दको रुप फेरिएको छ
युद्द अब सायद
'प्रचण्ड' र 'पुष्पकमल दाहाल'को बीचमा हुनेछ

र यस्तो बेला सोध्नु छ -
'प्रचण्ड' स्वयंलाई
'पुष्पकमल दाहाल' कत्तिको प्रीय छ ?

No comments:

Post a Comment