Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):

कबिता

साईला चिहान बनाउनु पर्छ
Sawara Limbu
(सावारा लिम्बु)


साईला मैले सुनेको तिमी
मलाई बिहे गर्न
विदेश पलायन भएको अरे हो
किन भने नौ ??

तिमीलाई त्यस्तो प्रतित भयो होला
मेरो पापा र आमाले सुनौली, रुपौली,
हक्थोपा, सुर्केपंग, फ़ुदोङ्ग, खान्छन भनेर
तान्छन भनेर ।।

तर, म र मेरो पापा आमा
दाजु भाईहरु
युगको परिबर्तनको
अफ्तारमा आई सकेका छौ
हामी र्किरात धर्म अंगाली सकेका छौ ।।


अनन्त अनन्त सम्म
मुक्तिको मार्गमा पाईला
राखेका छौ
सामजिक मुन्धुम
र महागुरुको सिवाखाहुन
अनि किरात दर्शन बोकेर ।।


तसर्त साईला
उज्वल भबिस्य कोर्न नडराउ तिमी
फ़ेदाङ्गबा र येबाको पाप कर्म
त्यागि सकेका छौ
रक्त कुण्डमा डुबेर मर्नु हुदैन
यस सृष्टी हराबरा पार्नु छ
नितब्धको काल रात्रि मा
जुन र जुनकेरी भएर ।।

मैले गरेको पवित्र प्रेम
बिस्मिर्तिको धुलोमा नमिलोश
म प्रणय गर्छु साईला ।।

कन ईक्सा खाम्बेकको
न्यानो काखमा
म मेख्लि ,साम्याङ्ग फुंग
रेजि , सिरबन्दिमा सजिएर
तागेरा निङ्ग्वा भुमाङ्गको
मांग हिममा कुसाङ्ग्सेमा पड्दै
नित्य सेवा गरौल ।।

साईला तिमी तगाबा श्रीपेचमा
बिहानै चेभ्भ्रुङ्ग बजाएर
घर परिक्रमा गर्दै
माङ्ग्लाङ्ग केलाङ्ग नाच्नु
अनि साईला ।।

धान नाचौला हाक्पारे ख्याली भनौला हामी
मुगलानमा दुई पैशा कमाएकोले
के गर्नु हाम्रो पुर्खाले आर्जेको
दश लिम्बुवान सत्र थुम बाझो भएको छ
रोपेर मात्र हेरन सुन फ़ल्छ कि फल्दैन ।।

तिमि आउने बाटोमा
सेक्मुरि अन्दंग रोपेको छु
आउ आउ फर्की आउ
मलाई पाउन तिमि
जति आतुर भएको छौ
त्यो भन्दा बडी मलाई भएको छ
भोलिको दिन कसले पो देख्छ र ।।

एक दिन मर्छौ
तथाकथित कुरा बुज ल।।साईला।।
आजै चिहान को निदो गरौ
मलाइत लाग्छ
साईला चिहान बनाउनु पर्छ ।।।।

सावारा लिम्बु 
पांचथर नागी ५ 

No comments:

Post a Comment