Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):

गजल -  भगवती बस्नेत
 

पूर्णिमाको जून तिमी मिठो नीदको सपना
हरेक चोटी फेर्ने स्वास खुसी हुने बहाना


कोइलीको धुन तिमी वसन्तको बहार
हृदयको धडकन तिमी मायाभरि जपना


सुन जस्तै कन्चन तिमी अनमोल गहना
आस्थाको मूर्ति तिमी ईश्वरीय थपना



सुवासिलो गुन तिमी नमेटिने तृष्णा
एक्लै हुँदा सम्झनामा मिठो-मिठो कल्पना ।


हाल: हनिता-३६, हाइफा
       इजरायल
 

No comments:

Post a Comment