मेरो मृत्युको भोलि के होला ?- गौरी मल्ल
मेरो मृत्युको भोलि ...के होला ...?
के होला मेरो मृत्युको भोलि ...?
के सूर्य उदाउन या अस्ताउन छोड्ला ..?
के रातले आफ्नो अन्धकारलाई बिर्सला ...,
या प्रभातको उज्यालो हराउला ?
के चराहरुले बास बस्न बिर्सलान ..,
या हिड्दा मानिसहरुको खुट्टा लर्बराउला ..?
के ऋतुहरुको प्रकृति सँग साथ् छुट्ला ....,
... या फेरी ...नदी नाला फर्कला ?
सत्य त यो हो ....कि
न यहाँ कसैको मृत्युमा कुनै फरक आएको थियो
के होला मेरो मृत्युको भोलि ...?
के सूर्य उदाउन या अस्ताउन छोड्ला ..?
के रातले आफ्नो अन्धकारलाई बिर्सला ...,
या प्रभातको उज्यालो हराउला ?
के चराहरुले बास बस्न बिर्सलान ..,
या हिड्दा मानिसहरुको खुट्टा लर्बराउला ..?
के ऋतुहरुको प्रकृति सँग साथ् छुट्ला ....,
... या फेरी ...नदी नाला फर्कला ?
सत्य त यो हो ....कि
न यहाँ कसैको मृत्युमा कुनै फरक आएको थियो
न कसैको मृत्युमा आउनेछ ...!
मेरो मृत्यु पश्चात पनि त्येही हुनेछ !
मेरो मृत्यु पश्चात पनि त्येही हुनेछ !
सुर्यले दिशा बदल्ने छैन , न रात निदाउन छाड्नेछ ..,
प्रभात उसरी नै निखारिने छ, अनि चराहरु को उडान उस्तै हुनेछ ..!
न मानिसहरुको चाल बदलिने छ, न ऋतुहरुले पीडा पोख्नेछन ..
बगेको खोला न फर्केको थियो न फर्किनेछ ....!
न कुनै गुलाफको बोटमा सूर्यमुखी हाँस्नेछ ...,
न सर्पोले काँचुली फेर्न बिर्सनेछ ...!
कमल हिलोमा नै फुल्नेछ अनि ..,
चन्द्रमा रातमा नै मुस्कुराउने छ ...!
यहाँ थुप्रै ' म ' आए .. ,अनि थुप्रै 'म ' गए पनि ...
इश्वरदेखी मानव सम्मले यो रचना भोगे पनि ...!
सबै अतृप्त नै आए ...अनि प्यासा नै गए पनि ..!
जीवन , बाँचेर कहिले तृप्त नहुने एउटा प्यास हो ...,
जीवन ,लोभ र अतृप्त आत्माहरुको बास हो ...!
र त मृत्यु अघि नै मृत्यु पछिको दृश्य हेर्न चाहन्छु म ...,
जीवन को अन्त बिना जीवनको शुरुआत छैन , भुल्न चाहन्छु म !
(कवि नेपाली सिने क्षेत्रकी चर्चित नायिका पनि हुनुहुन्छ)
No comments:
Post a Comment