Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):

कविता
गाउँ धाउँछ सहर -  नाकिमा


धामी-झाक्रीले आत्मसमर्पण गर्छ
अनि दगुर्छ हेल्थपोष्ट
हेल्थपोष्टले नि हात उठाउँछ
र सिफारिस गर्छ सहरको अस्पताल
मृत्युसँग अन्तिम लडाइँ लड्न
सहर धाउँछ गाउँ

जीउभरि घाउ बोकिरहेछ भित्ता
उदास-उदास अनुहार लिएर
बटुवालाई ह्वाङ्गै हेरिरहेछ झ्याल-ढोका
गोठाला गएका छन् विधार्थीहरु
व्यापारमा व्यस्त छन् शिक्षकहरु
साँच्चिकै शान्ति क्षेत्रमा
परिणत भएका छन् विधालयहरु
ज्ञानको प्यास मेट्न
सहर धाउँछ गाउँ



माटोमा जति नै
पसिनाको कर्णाली बगाए पनि
विहान-बेलुकी हात-मुख जोड्दै नजोडिएपछि
ॠणको पृथ्वी थेग्न नसकेर
सिमेन्टको जङ्गलमा पसिना पोखन
सहर धाउँछ गाउँ


तर एउटै प्रयोजनको लागि
अर्थात
लुटको लाइसेन्स नविकरण गर्न
प्रत्येक चुनावमा
अनिवार्य
गाउ धाउँछ सहर ।
 

No comments:

Post a Comment