Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):

मुक्तक -  सागर सिल्वाल


भावनाको सुन्दर चौतारीमा बसौ एकैछिन
सागरको मायालु छालमा खसौ एकैछिन
भोली त कसले देखेको छ र के के हुने हो
मौका पर्दा दुइ मुटुलाई आज कसौ एकैछिन ।

                    ( १ )


यहाँलाई जन्मदिनको धेरै-धेरै शुभ-कामना
बाधाहरुको गर्न सक्नुस सधै यहाँले सामना
इच्छा तथा आकांक्षा सबै पूर्ण हुन यहाँको
स्वीकार गर्नुस मेरो पवित्र आत्मिय भावना ।

                    ( २ )

                                                   हाल: लण्डन

No comments:

Post a Comment