गजल - कृष्ण कला वनेम
कसरी म तिरौँ आमा, तिम्रो दुधको भारा
सडक बसी भिक माग्ने, भएँ कर्म हारा
सडक बसी भिक माग्ने, भएँ कर्म हारा
आँसु झार्दै क्षितीज पारी, सागर तिम्ले हेर्दा
भन्थेँ आमा टिप्छु म, त्यो खुसीको तारा
भन्थेँ आमा टिप्छु म, त्यो खुसीको तारा
हिड्नु पर्यो जबर्जस्ती, बन्दुक भिरी युद्दमा
छिनी गयो हात गोडा, टुट्यो सपना सारा
मर्नु न बाँच्नु भो जीवन, जिउँदो लास झैँ
स्वार्थी नेता कहाँ सुन्छन, अपाङ्गको नारा ।
No comments:
Post a Comment