Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):

गजल -  कलपना राई
 
 
मनमा मायाको अमिट छाप दिएर गयौ ।
अँगाल्दै सुस्तरी पिठ्युँमा धाप दिएर गयौ ।।
 
 
उर्लन्छ खहरे सम्झना बनि छल्किन्छ आँसु,
चिसिन्छ कहिले अनौठो ताप दिएर गयौ ।।
 
 
ढले म काखैमा बेहोस भई विछोड सम्झी,
रोकिन्दा धड्कन स्वासको चाप दिएर गयौ ।।
 
 
सडक किनार काम्दैथेँ म त तुषारो पर्दा,
किनेर पछ्यौरी आँतमा खाप दिएर गयौ ।।
 
 
ढुङ्गामा फुल्दैछ गुलावी भाव "कल्पना" गर्दा,
खुसीमा आँसुको अमूल्य फाप दिएर गयौ ।।
 

No comments:

Post a Comment