कविता
भालेहरु - बम वानियाउज्यालो पार्छु भन्दै खुब बास्छन् भालेहरु
ठुगाठुङ् गर्दै दिन बिताउँछन् सालेहरु
छिमेकी पोस्छ
डँडाक बनाउछ
जुधाउछ
चार पहर रातमा
तेस्रो पहर
भाले बास्छ
पल्लोघरको पनि
त्यसैगरि भाले बास्छ
उज्यालो हुन्छ
भालेहरु भेट हुन्छन्
र दाबी गर्छन्
म बासेर उज्यालो भो
छिमेकी आउछ
भालेहरु जुधाउछ
उज्यालो कस्ले ल्यायो थाह छैन
तर
जुध्छन् पखेटा खसुन्जेल भालेहरु
थकित भालेहरुलाई
छिमेकी च्याप्प समात्छ
एउटालाई खोरमा थुन्छ
अर्कोलाई तरकारी बनाउछ
सुप पिउछ र आनन्दले निदाउँछ
त्यो रात भाले बास्दैन
तर उज्यालो हुन्छ ।
भालेहरु जुधाउछ
उज्यालो कस्ले ल्यायो थाह छैन
तर
जुध्छन् पखेटा खसुन्जेल भालेहरु
थकित भालेहरुलाई
छिमेकी च्याप्प समात्छ
एउटालाई खोरमा थुन्छ
अर्कोलाई तरकारी बनाउछ
सुप पिउछ र आनन्दले निदाउँछ
त्यो रात भाले बास्दैन
तर उज्यालो हुन्छ ।
No comments:
Post a Comment