Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):

कविता
गाउँको खबर -  खुक्सङ खम्बु


गाउँमा . . .
कोही अरे . . .
प्रभु येसुको भक्ति
घुँडा धस्छन, बाइबल पढ्छन
गाना-बजाना, प्रार्थना गर्छन
राति-राति डिस्टर्व गर्छन
दिनमा भेट्नै हुन्न
बाटो छेक्छन, जयमसी गर्छन
प्रभु यसुको सु-समाचार
सुनाउन हतारिन्छन
ज्युँदै स्वर्ग जाने कुर गर्छन
सुनको लिस्नु छ भन्छन
आफैले देखेर आए जतिकै गर्छन
 
कुरा नसुने  नमाने
'शैतान' पो भन्छन
ए बाफ रे ०००!
'शैतान चैं नभन है साँट्ठा
अहिले गालामा ठ्याम्म पड्काइ दिउँ ?'
 
कोही अरे
ओमनन्दको पुच्छर
किरात धर्म मानेको भन्छन
तीन चुला उखेलेर फाल्छन
तीन चुला फाल्नेले
कसरी किरात धर्म मान्छ ?
हामीलाई थाहा छैन र ?
सिइम्याटोक्ने लात्तीले भकुर्दिउँ ?
 
कोही अरे
सादु, सन्त, महन्त
जटाधारी, लिखाधारी
खरानी धसी हिँड्छन
लोटा, चिम्टा बोकी हिँड्छन
स्वाउनु न त्वाउनु साइबाबा हस्तो
हात पो उठाइ हिँड्छन
झ्याक्ने त्यही चिम्टाले
च्याप्नुपर्नेमा च्यापेर ठहरै पार्दिउँ ?
आफू त कुरा सुन्दै हैरान . . .
बाँकी गाउँलेहरु चैं यसो भन्दारछन-
'हेर . . . हेर . . .   किरातीहरु सप्रेका ?
हे . . .  ! नारन . . .    !!
 
 

No comments:

Post a Comment