Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):

गजल-  सावारा लिम्बु
 

निरंकुसता लाद्नेहरु दरबार चाहान्छन ।
कुमार केटा-केटीहरु घरबार चाहान्छन ।।


 
भाईचारा र घुसखोरीले दर्जा पाउने देस,
वफादारी पुलिसहरु हल्दार चाहान्छन ।।




चाकरी र चाप्लुसीमा माथि पुग्दा कोही,
हुलाकी र पियुनहरु खरदार चाहान्छन ।।




फेरि पनि हिजोजस्तै एउटै सासन चले,
सँघियवादी जनताहरु तरवार चाहान्छन ।।




निरंकुसता लाद्नेहरु दरबार चाहान्छन ।
कुमार केटा-केटीहरु घरबार चाहान्छन ।।

                        
नागी पाँचथर

 

No comments:

Post a Comment