कविता
यात्री म - चरन थुलुङ
यात्री म - चरन थुलुङ
यात्री हुँ म
यात्रा पूरा गर्नु छ
सफलतामा लम्केको म
एकदिन सफलता चुम्नु छ
जीन्दगीको यात्रा हो यो
रोकेर कहिल्यै रोकिन्न
बाटो नै पहाड बनेर उभियोस्
मेरो पाइला छेकिन्न
हुरी भै ढाल्ने छु
बाटो छेक्ने रुखहरुलाई
चट्याङ बनी फोड्नेछु
वाधा भै बस्ने ढुङ्गाहरुलाई
को हो तिमी भन्नेहरुलाई
पहिरो भै बगाइदिन्छु
बाटो छेक्ने पहाडहरुलाई
यात्री हुँ म
यात्रा पूरा गर्नु छ
सफलतामा लम्केको म
एकदिन सफलता चुम्नु छ ।
No comments:
Post a Comment