Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):

गजल -  बिनु भट्टराई


दुख्दा मुटु आँसु झर्छ अनि डराउँछु ।
बिना कसुर झुक्नु पर्छ अनि डराउँछु ।।


अरुलेझैँ म पनि सपना देखन सक्थेँ,
भाग्यले नै खेलवाड गर्छ अनि डराउँछु ।।


पटक-पटक टुक्रिएर जोडिनलाई सिक्दै थिएँ,
कहिली काँही त मनै मर्छ अनि डराउँछु ।।


डर लागेन दुनियाँ सारा विपक्षीमा खडा हुँदा,
सिर्फ एउटै आँखा तर्छ अनि डराउँछु ।।


बर्षौँ भयो छोडी गाको छिट्टै आउँछु भनी,
आउँछु भनेको बेला टर्छ अनि डराउँछु ।। 

No comments:

Post a Comment