Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):

कविता

प्रिय रात 
Aastha Kopila
(आस्था कोपिला)


सुन्सान अँध्यारो ओढेर
प्रत्येक रात- जन्म हुन्छ सपनाको
सृजनाको गोरेटो खोज्छन् आस्थाहरु
सपनामा रहरहरु बोलाएर
जीवनको प्रतिविम्व खोज्छन्
बिर्सिएर अतित
एकान्तमा हराउँछ छाँया


नौलो दर्शन उत्खनन् गर्छ-रात
अपसोस !
प्रत्येक विहान मलामी जान्छन्- सपनाहरु
गायव हुन्छ-यात्रा-उत्सव आँखाबाट
ओठहरु थरथराउँछन्
उज्यालोमा डराउँछन्- चेहरा
डुबे हुन्थ्यो घाम अविलम्व क्षितिजमा
खोइ किन हो?
त्यसै-त्यसै लाग्छ-
प्रिय रातहरु ।

छितापोखरी-२, खोटाङ 

No comments:

Post a Comment