Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):

तीन गजल

(1) 
छोरी रुदैछ    

खडेरीले बारी सुक्यो तोरी रुदैछे  |
गुहार भन्छे जंगलमा छोरी रुदैछे  ||
Sawara Limbu
(सावारा लिम्बु)

परिधि नागेर पशु हुदा मान्छे |
क्षितिज पारी कोठीमा मोरी रुदैछे ||

पापको पोको बढेर हुर्किएर पछि |
न्याय खोज्न ढोकामा मोरी रुदैछ||

यस्तै हुदा गुमाएको मुटुहरु कल्पी |
सम्झनाको लामो लामो डोरी रुदैछे ||

खडेरीले बारी सुक्यो तोरी रुदैछे |
गुहार भन्छे जंगलमा छोरी रुदैछे |||

(2)
च्यानमा राख्नु कान्छी 

मदहोसी छु म ध्यानमा राख्नु कान्छी |
मरे पछी मलाई च्यानमा राख्नु कान्छी ||

मेरो लास मलामिले जङल तिर लादा |
फुल टिपी अन्तिम ज्यानमा राख्नु कान्छी ||

रुदै रुदै तस्बिर टस्नु भन्दा छातीमा |
चलेको रित सम्झी ज्ञानमा राख्नु कान्छी ||

मदहोसी छु म ध्यानमा राख्नु कान्छी|
मरे पछी मलाई च्यानमा राख्नु कान्छी |||

(3)
रेलको यात्रा

रेलको यात्रा डिम्बापुरको ताजै जस्तो लाग्छ |
तिम्रो काखमा निधाएको आजै जस्तो लग्छ ||

फालेलुंग र चिया भंज्यांग गुन्द्री बजार हुदै |
बितेका पल टिस्टा नदि माझै जस्तो लग्छ ||

जन्मे पछि मर्नु पर्छ बाचिदैन कोहि |
उ बेलाको जल्दो उमेर राजै जस्तो लग्छ ||

सत्य कर्म बचनले कलि युग छाम्दा |
छिलिएको यो दुनिया लाजै जस्तो लग्छ ||

रेलको यात्रा डीम्बापुरको ताजै जस्तो लग्छ |
तिमि काखमा निधाएको आजै जस्तो लग्छ ||

सावारा लिम्बु
पांचथर नागी ५

No comments:

Post a Comment