Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):

कविता

सरुवा निजी सचिवालयमा
Sangharsha Kshetri
(संघर्ष क्षेत्री)

केहि उज्यालो खोज्दै
अँध्यारो गल्ली त्याग्दै
लुसुक्क त हुँदै होईन बडो
अदबको साथ बुट बजारेर
घुम्ने कुर्चिमा पदाशिन हुन लाग्दैछु ।
गल्लीनेरको खोपीलाई बिदाई गर्दै
उज्यालोको आशामा
आफ्नो योजनालाई मुर्त रुप दिन
हरतरह
लागिरहेछु !

अहँ साईत त हेराउँदै हेराईन !
तर
हजुरआमाको आशिर्वादलाई
नकार्दिन किनकी
उहाँ सधै भन्ने गर्नुहुन्थ्यो
नाति मेरो खुप्पै सेवा गर्याछस
घुम्ने कुर्चिमा बस्ने भएस
मेरो आशिर्वाद लागोस !
अँध्यारो गल्लीको खोपी सर्दासर्दै
हिजो बाँकी रहेको बोतलका
खाली सिसीलाई बेचिन मैले
किनकी म रक्सि नखाने
एक सभ्य पुरुष देखिनु छ !
फेरी गोटाको दुई रुप्पेले बेच्दा पनि
खाली सिसी बेचेर
खुकुरी रम पनि त आउँदैन !
तर
घुम्ने कुर्चिमा पदाशिन हुने खुशियालीमा पिएर
अलिकति रहेको रमको बोतल
कोटको खल्तिमा छिर्याएँ खुसुक्क
तर
बाँकि खाली सिसीलाई मिल्काईदिएँ
बाईरोडको छेउँमा लुसीक्क !
हेर न साथि यस्तै हाल
खोई ?
कति बेलासम्म बसिन्छ त्यो
घुम्ने कुर्चिमा

No comments:

Post a Comment