Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):

कविता

 नारी

Raj Thapa
(राज थापा)

नारी तिमी हौ सत्य रूपा ,जननी मायाँकी खानी
तिमी हौ धर्ती ,सागर,उस्तै छेऊ घाम,जुन पनी !

रिसाउदा नि सुहाउने,मुस्कुराउदा झनै चन्द्र बनी
झुल्कनछेउ जिवनमा सुख दुखको इन्द्रेनी बनी !

श्रीखंड नचिनि दाउरा बाली आगो तप्नेको केकुरा
दृष्टी,सृष्टी,पालनकर्ता प्रती मुर्खको पेट्मै छ छुरा !

धर्ती बनी सही रहनछेउ अन्याय जति पाय पनि
अझै छैन ज्ञान,बिबेक नरमा जती बिद्ध्य घोके पनी

नारी  घर,बार,जीवन रथ सवार सबमा आशीर्वाद
तिमी बिना बन्दैन कुनै रचना संसार यो बरबाद !

लिम्रिक ,अयारल्याण्ड

No comments:

Post a Comment