Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):

कविता

निन्द्रा
Raju Pudasaini
(राजु पुडासैनी)

बडो अनौठो भो -
सपनाहरु सित निन्द्रा-देवता आए !...
आए - सुख-दुख बिनिमय गरिदिने राजा !
सधै सैनिक हरु पठाउथे
उठाउथे - समयभोग को कर !
थकानको पुरस्कार - ऐसको दस्तुर !
यो पाला
स्वंयम सरकार आए - अनौठो भो !

निन्द्रा स्वर्ग हो- निन्द्रा नरक हो
कोही भाग्न सक्दैनन् - यस्को सिमाना बाट पर
निन्द्रामा-
ब्रह्मचारी पनि संसर्ग गर्छ र स्खलित हुन्छ
कुमारीत्व भंग हुन्छ - कुमारीको
खानै पाउदैनन् - कुबेरले पनि
आफ्नै मृत्‍यु मा मलामी बन्नु पर्छ - कहिलेकाही !
कुनै वस्तु मन परेपछि त्यसैको लागि निदाइन्छ,
प्रेम मा परे पछी स्वत: निदाइन्छ !
निदाइदिए पछी -�
देखिदैनन् कहिलै - निन्द्रा राजा
देखिन्छ जहिल्यै-
भुल्भुलैयाको सपना मात्रै ।

भबिश्य बिर्साइदिन्छ ,
गर्नु पर्ने काम भुलाइदिन्छ
रोग , भोक ,शोक सबै-सबै हराइदिन्छ
आँफैमा लिप्त गराइदिन्छ निन्द्रा ले
समस्या , दु:ख , अभाब- बैभब
सबै ओछ्यान बन्छन निन्द्रा लागेपछी
बुद्धी , बिबेक र चेतना हराउछ
राम्रो- नराम्रो सबै उस्तै -उस्तै हुन्छ निन्द्रामा !

यस्तो लाग्छ -
यो देश को शासक निन्द्रा हुन्
सपनै-सपना बाहेक केही हुँदैन निन्द्रा मा !
र त - हामी निदाउनै चाहन्छौ !।

No comments:

Post a Comment