Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):

दुई गजल

M. P. Pokharel
(एम. पी. पोखरेल)
कान्छा भनि बोलाएको आजै जस्तो लाग्छ
मेरी आमा सँधै मेरो माजै जस्तो लाग्छ ।

जति ठुलो म भएनि उन्लाई सानै लाग्ने
उन्को काखमा बस्न पाँउदा राजै जस्तो लाग्छ ।

ममताले कपाल छाम्दै उन्को काखमा मलाई
गुन गुन गर्दै उनि बोल्दा बाजै जस्तो लाग्छ  ।
 
अभागी रैछु आमा टाढा भाको छु अचेल
पर्बमा नि भेट्न पाईन लाजै जस्तो लाग्छ ।

                      (१)

बिदेशमा खसेका ई आँशु देख्छ कस्ले
उत्पीडन र ज्यादतीका कथा लेख्छ कस्ले ?

सधै भरि स्त्रि र खै के का कुरा मात्र
प्रबासको शोषँणलाई अब छेक्छ कस्ले ?

देखाएर चिल्ला मिठा कुरा गर्नेहरु
दर्दनाक घाउहरुमा मायाँ सेक्छ कस्ले ?

आर्तहरुका चहराएका आला घाउका कुरा
बड्दो अन्यायका कुरा रोकी थेक्छ कस्ले ?
                        (२)
 

No comments:

Post a Comment