Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):

गजल

Raj Thapa
(राज थापा)

आमा भन्छिन बचाऊ देशलाई जसै भएपनि
सिर उठाई हिमाल भन्छन् आऊ जहाँ भएपनि !!

नभूल जन्मीएर  हुर्किएको गाऊ टाढा गएपनि
आफनै दाजु भाईले मायाँ गर्छन रिसै भएपनि !!

काफल पाक्यो भन्दै  गाउछे चरी तिमि नभएनि
जुनले आइ खोजन थालछिन् रातमा भएपनि !!

घर फर्के  हुन्थियो भन्छन दाजु भाई जे भएपनि
आमा भन्छिन खोले,सिस्नु खानु बरु दुखै भएपनि !!

सबै युवा लाहुर हिड्दा गाउँ नै उजाड भएनी
साथमा साथ दिइ देश बनाऊ जहाँ भएपनि !!

आमा भन्छिन बचाऊ देशलाई जसै भएपनि
सिर उठाई हिमाल भन्छन् आऊ जहाँ भएपनि !!


लिम्रिक, आयरल्याण्ड

No comments:

Post a Comment