Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):

कविता

प्रिय रात 
Aastha Kopila
(आस्था कोपिला)


सुन्सान अँध्यारो ओढेर
प्रत्येक रात- जन्म हुन्छ सपनाको
सृजनाको गोरेटो खोज्छन् आस्थाहरु
सपनामा रहरहरु बोलाएर
जीवनको प्रतिविम्व खोज्छन्
बिर्सिएर अतित
एकान्तमा हराउँछ छाँया

लघुकथा

झुट

"सरला म तिमीलाई मायाँ गर्छु ।"
Sangharsha Kshetri
(संघर्ष क्षेत्री)
"झुट !"
"तिमीलाई पाईन भने म आत्महत्या गर्छू। तिमीबिना एक्लै बाँच्न पनि सक्दिन,मर्न पनि सक्दिन !"
"फगत झुट !"
"कसम सरला, म तिमीलाई धोका दिदैन।मात्र मलाई तिम्रो साथ देऊ। म तिमीसँग जुनि काट्न चाहन्छु ।"
"यो सब झुट !"
"के चाहन्छौ, म तिम्रै अगाडि आत्मदाह गरुँ ?"
" वाईयात ! यो सब झुट !"
" बरु, तिमीले कविता लेख्न सक्छौ आत्मदाह शिर्शक मा, पुरस्कार जित्न सक्छौ ।"
सरलाको बिहेको कुरा चल्छ घरमा। प्रेमको अनिश्चित यात्रामा लिईन हुनुभन्दा बिहे गरेर कुशल ग्रिहिणि हुनुमै बेश ठान्छे सरला। उसको श्रिमानले बिहेपछी उसलाई बिदेश लैजाने रे !
बिचरी सरलालाई के थाहा ? उसको श्रिमान केटी बेच्ने दलाल हो भनेर । बिहेको अनेकन नाटक रचेर केटी बेच्दो रहेछ उसले।
"सरला पनि बेचिई रे!" - अर्जुनको कानमा ठोकिन पुग्छ उक्त ध्वनि ।

अब सम्झनामा मात्र

पूर्ण विके

               'उहाँ गाउँ आउँदा स्थानीय परिकारहरू खोजीखोजी खानुहुन्थ्यो,' लक्ष्मी अधिकारी भन्दै थिइन्, 'हिमशृंखला र समथर फाँटहरू हेरेर रमाउँदै प्रकृतिको बखान गर्नुहुन्थ्यो ।
'७१ वर्षीया अधिकारी आफ्ना देवर कविगीतकार क्षेत्रप्रताप अधिकारीको सम्झनामा भावुक भइरहेकी थिइन् । हृदयाघातका कारण आइतबार राति राजधानीमा निधन भएका क्षेत्रप्रतापलाई जन्मगाउँमा अन्य धेरैले मिलनसार र प्रकृतिप्रेमी व्यक्तिका रूपमा स्मरण गरिरहेका छन् ।
क्षेत्रप्रतापको जन्म १९९९ सालमा मिर्लुङ गाविसको बयपानी काउले गाउँमा भएको थियो । उनी किशोरावस्थामा काठमाडौं पुगे र जुद्धोदय माविबाट एसएलसी, नेसनल कलेजबाट स्नातक सके । अनि जापान गई अर्थशास्त्रमा एमए गरे । २०२१ सालमा साझा प्रकाशनमा सामान्य तहबाट सेवा प्रवेश गरेका उनी २०३१ मा साझाकै सदस्यसचिव भए । पछि अध्यक्ष र महाप्रबन्धकसम्म बने । क्षेत्रप्रताप पञ्चायती राजनीतिमा पनि होमिएका थिए । २०४३ को चुनावमा उनी राष्ट्रिय पञ्चायत सदस्य चुनिएका थिए र मरिचमान श्रेष्ठको मन्त्रिमण्डलमा सहायक शिक्षामन्त्री भएका थिए । तर, जीवनको अधिकांश अवधि राजधानीमा बिताएका उनी कविगीतकारका रूपमा बढी चिनिए । २०२४ सालमा 'रहर लागेर' कविता संग्रहबाट साहित्ययात्रा सुरु गरेका उनका 'गामबेसीका गीत', 'पहाडदेखि पहाडसम्म', 'मत लालीगुराँस भएछु,' 'फेरि एउटा परिवर्तन' जस्ता कविताकृति प्रकाशित छन् ।

गजल

नया बर्ष
Sawara Limbu
(सावारा लिम्बु) 

खुशीको दिबश मनाउदै आउ नया बर्ष |
उज्यालो बस्ति बनाउदै आउ नया बर्ष ||

चुनामी संग पाउठे जोरी खेलेर  पनि |
समुद्रमा डुंगा चलाउदै आउ नया बर्ष ||

अनवरत पहल कदमी लक्ष्यको बिन्दुमा पुग्न |
अवरोधका काडाहरु जलाउदै आउ नया बर्ष ||

आदि तुफान र झरी बादल सहेर पनि |
अजंगको  पहाड ढलाउदै आउ नया बर्ष ||

खुशीको दिबश मनाउदै आउ नया बर्ष |
उज्यालो बस्ति बनाउदै आउ नया बर्ष ||

गजल

जन्मदिने आमाले मेरो कर्म देखेन
Bimala Dahal
(
विमला दाहाल) 
छैठीमा भाविले मेरो भाग्य लेखेन ।।

जे छु जस्तो छु बाचेकै छु यहाँ
यमराजले लिनआउने मेरो घरको बाटो देखेन ।।

हराएको छैन चिना मेरो थियो आफै सित
चिना हेर्दा ज्योतिष्यले मेरो भविष्य देखेन ।।

खुशी पार्न भगवानलाई मन्दिर गएकै हो
भिडभाडामा भगवानले मेरो अनुहार देखेन ।।

निम्तो पठाएकै थिए उसलाई मैले
आउँदा ऊ बिहेमा मेरो जग्य देखेन ।।

दुई गजल

मनको बह खोलन कान्छी |
Sawara Limbu
(सावारा लिम्बु)
लागेको कुरा बोलन कान्छी ||

रोजीको मान्छे छेउमा पाउदा |
आपसी दुख घोलन कान्छी ||

भागयले भेट भएको मौका |
मायाले मुटु पोलन कान्छी ||

पबित्र फुल दिनलाई आउँदा |
नभ नि अन्त डोलन कान्छी ||

मनको बह खोलन कान्छी |
लागेका कुरा बोलन कान्छी ||
           (1)
           

कविता

जुनुमायाका फुलहरु
Jetha Bairagi
(वैरागी जेठा)


जुनुमायाका फुलहरु
फुल्छन् सानीमदौमा
उषका बैँससँग
विहानी किरणमा
अल्की जुनुमाया
सुनगाभा झारिरहिछिन
कालापत्थरका टुक्राझैँ
मुस्किदिँदा दिँदै
कोरल्छिन् धेरै चल्लाहरु
भँगेरी देशहरुमा
मोती जस्ता सन्तान बोकेर
अहोरात्र बेसी झर्छिन्
कालापानीझैँ
उकालो चढ्दा
मुद्रा मीठो बनाएर
नयाँघर हँसाउँछिन्
उनलाई कुनै रवाफ मन पर्दैन
बाहुनीझैँ
डोको बोकेर
तामाका गाग्रीहरुमा पानी भर्न
गोरेटो ओर्लिरहेकी हुन्छिन्
सन्तानहरुले बेर्छन्

कबिता

प्रेम दिबस
Sawara Limbu
(सावारा लिम्बु)


आ........हा.........
मनले रोजेको सहेलिलाई
प्रेम दिबसको साईत जुरेको बेला
गमलामा फुलेको रातो गुलाब
थमाउछु उनको हातमा
अनि........मात्र......त्
मेरो रात्री स्वप्न पुरा हुनेछ
नव प्रभातको प्राराम्भ हुनेछ
यस्तै........यस्तै........लाखौ...
भावानाको सागरमा पौदिएको
मेरो कल्पनाको यथार्तहरु
बिस्मिर्तिको धुलोमा नमिलोस
म प्रेम दिबस भ्यालेनटाईन डे
संग प्रयण.......गर्दैछु......प्रयण.......गर्दैछु

खै......कहाबाट.........
माया पलायो थाहै भएन
जब म बाट टाढा हुनको पिडा
कति फिक्का तितो हुने गरेको थिए
तसर्थ....त्यसको...........
निराकरण खोज्दै खोज्दै
जिबनको आरोह अहरोहको
पराकस्ट संग झेल्दै
अन्तर हृदयको केन्द्रमा

कबिता

(आगो-१९)
-प्रचण्ड र पतिया-
Bhupal Rai
(भुपाल राई)


मान्छेहरु अझैपनि
'प्रचण्ड-प्रचण्ड' भन्छन्
तर चौँथो अङ्ग भन्छ
'पुष्पकमल दाहाल'
मान्छेहरुलाई अझैपनि
प्यारो छ 'प्रचण्ड'
तर राज्यका हरेक अङ्गलाई प्यारो छ
केवल 'दाहाल'
यसरि, दसदस वर्षको कंक्रीटले बनेको 'प्रचण्ड'
दसै जिब्रोको धक्काले हार्छ
'पुष्पकमल दाहाल'सँग
अब बडो मुस्किलले प्रबेश पाउनेछ
सञ्चार-खोपिमा 'प्रचण्ड'ले
र छाडिनेछन् गेटबाहिर जनताहरु
किनभने एकसे एक पण्डितहरु छन् बिराजमान त्यहाँ
जसले निर्वस्त्र पारेर मुलगेटमै
पतिया गर्छन् 'प्रचण्ड'को
र आसनमा राखेर
सेवा गर्छन् 'दाहालहरुको'

कबिता

साईला चिहान बनाउनु पर्छ
Sawara Limbu
(सावारा लिम्बु)


साईला मैले सुनेको तिमी
मलाई बिहे गर्न
विदेश पलायन भएको अरे हो
किन भने नौ ??

तिमीलाई त्यस्तो प्रतित भयो होला
मेरो पापा र आमाले सुनौली, रुपौली,
हक्थोपा, सुर्केपंग, फ़ुदोङ्ग, खान्छन भनेर
तान्छन भनेर ।।

तर, म र मेरो पापा आमा
दाजु भाईहरु
युगको परिबर्तनको
अफ्तारमा आई सकेका छौ
हामी र्किरात धर्म अंगाली सकेका छौ ।।


अनन्त अनन्त सम्म
मुक्तिको मार्गमा पाईला
राखेका छौ
सामजिक मुन्धुम
र महागुरुको सिवाखाहुन
अनि किरात दर्शन बोकेर ।।

कविता

फागुपूर्णिमा 

बर्षाओं देखि सँगालेर
राखेको रहरहरु
Suna Rai
(सुना राई )
बेरङ-बेरङ
बसेकाछन् बन्दी भएर
कुनै मनको कारागारमा
कति राखुँ कैदी बनाएर?

आउ आज
होलिपूर्णिमाको दिन
रिहा गरिदिउँ हम्रा रहरहरुलाइ
मनको कारागारबाट
रङग्याएर आठौ रङहरुले
शुरु गरौं रङ्गीन् जीवन

तीन गजल

(1) 
छोरी रुदैछ    

खडेरीले बारी सुक्यो तोरी रुदैछे  |
गुहार भन्छे जंगलमा छोरी रुदैछे  ||
Sawara Limbu
(सावारा लिम्बु)

परिधि नागेर पशु हुदा मान्छे |
क्षितिज पारी कोठीमा मोरी रुदैछे ||

पापको पोको बढेर हुर्किएर पछि |
न्याय खोज्न ढोकामा मोरी रुदैछ||

यस्तै हुदा गुमाएको मुटुहरु कल्पी |
सम्झनाको लामो लामो डोरी रुदैछे ||

खडेरीले बारी सुक्यो तोरी रुदैछे |
गुहार भन्छे जंगलमा छोरी रुदैछे |||

कविता

सरुवा निजी सचिवालयमा
Sangharsha Kshetri
(संघर्ष क्षेत्री)

केहि उज्यालो खोज्दै
अँध्यारो गल्ली त्याग्दै
लुसुक्क त हुँदै होईन बडो
अदबको साथ बुट बजारेर
घुम्ने कुर्चिमा पदाशिन हुन लाग्दैछु ।
गल्लीनेरको खोपीलाई बिदाई गर्दै
उज्यालोको आशामा
आफ्नो योजनालाई मुर्त रुप दिन
हरतरह
लागिरहेछु !

कविता

खबरदार ! नेताहरु हो

गरिब मजदुर र श्रमिकहरुको
खुन पसिना चुसेर एस                                             Kalpana Paudel "Jigyasu"
आरामको जिन्दगि                                                   कल्पना पौडेल "जिज्ञासु"
जिउन पल्केका
गद्दारहरु हो

कुर्ची र सत्ताको लालचमा
सोझा जनताको बिस्वासलाइ
कुल्चेर उनैको उत्पादन
कुर्चीमा बसेर मजदुरको
सोसर्ण गरिरहेका
छौ

कविता

गल्ती गरेउ पुर्खा
Niraj Sampang
(निरज साम्पाङ)

िसन्धुघाटको सर्प
िहन्दुुवाद बोकेर
कर्णाली र दक्षिण मधेसबाट िछर्दा
पुर्खा ितमीले
बारीका िडलमा न्याउरी पाल्नु पर्थ्यो
या त
िहन्दुस्थान नै पठाउनु पर्थ्यो
ितमीले गल्ती गरेउ पुर्खा ।

ितमीलाई थाहा िथयो
अफ्िरकामा त्यही जातका सेता सर्पले
काला आिदवासीलाई डिसरहेको
तर
ितमीले दुत िपलाएर पालेउ
नागराज भनेर पुजा गरेउ
सह अस्तित्व खोजेउ
िवस्वास गरेउ
भर परेउ
आफ्नो भुमीमा खुलेआम चर्न िदयौ
ितमीले गल्ती गरेउ पुर्खा ।

गजल

Barsha Karki
(वर्षा कार्की)
हिड्दा-हिड्दै जिन्दगीमा बाटो मोड्नु पर्ने !
संगै हिड्ने साथी-संगी सारा छोड्नु पर्ने !!

कसैको केहि चल्दैन रै'छ नियतिको सामु !
बाचुन्जेल जिन्दगिलाई सधै गोड्नु पर्ने !!

कोहि आउछन् झुटो प्रेमको प्रस्ताव लिएर !
बाध्यताले प्रेम-प्रस्ताव आफै तोड्नु पर्ने !!...

जे छ यहाँ जो-जो संग सब 'क्षणिक न हो' !
नत्र,धनि मर्दा कात्रो हैन पैसा ओड्नु पर्ने !!

याँ,बाच्ने रहर हुदा-हुदै हरेक आत्माहरुले !
सम्बन्ध त अन्त्यमा दैव संगै जोड्नु पर्ने !!


गीत

ए छोरा परदेशमा के छ तिम्रो खबर
Prakash Dumee Rai
(प्रकाश दुमी राई)

मुर्छा पर्दै बाचेको छौ यहा हर प्रहर

नजानु है गाउघर छाडी सहरा हौ बुढेसकालको
बनीबुत्तो गरी खाउला भर हुन्न परदेशको
भन्दा भन्दै भनेको'थ्यौ सपना छ हेर्ने शहर
मुर्छा पर्दै बाचेको छौ यहा हर प्रहर
ए छोरा परदेशमा के छ तिम्रो खबर

डाडाको घाम भए पनि आशाको भरमा बाचेको छौ ...

घुर्‍यायन् बारी बाजो नै छ एक मुट्ठी सास् साचेको छौ
कसै गरी आउनु है भेट्न मन छ अन्तिम रहर
मुर्छा पर्दै बाचेको छौ यहा हर प्रहर
ए छोरा परदेशमा के छ तिम्रो खबर
 

 

कथा

नारीको महानता

Kalpana Paudel "Jigyasu"
(कल्पना पौडेल “जिज्ञासु”)
           जिन्दगि भनेको यस्तै हुदो रहेछ आफुले शोचे र चाए जस्तो काहा हुन्थ्यो र ? आँसु, हाँसो, खुसी, दु:ख, पिडा, वेदना, तनाव अनि मिलन र बिछोड को संगालो भनौ या भोगाइको दोस्रो नाम नै जिन्दगि रहेछ। यहि जिन्दगीले रस्मिलाई कुनै पलमा अनगन्ती खुसीका सौगात हरु उनको झोली भोरी हालिदिएको थियो।
अतितको त्यो पाटो पल्टाएर हेर्दा कैले खुसीले बिभोर हुन्थिन भने क...ैले मुटुमा भक्कानो परेर आउथ्यो। ‘प्रेम’। यो दुइटा अक्षर जोडिएर बनेको एउटा शब्द, जति सानो र सरल देखिन्छ बास्तवमा त्यस्तो नहुँदो रै’छ। यहि एक शब्दले बनेको मायामा विश्व अडिएको छ। मायाको अर्को नाम बिस्वास पनि हो। माया बिनाको जीवन निरस र उदासिलताले धेरिएको हुन्छ। जीवन जिउनको लागि मायाको ठुलो अपरिहार्य भूमिका रहेको हुन्छ र जीवनलाइ सुचारु रुपमा संचालन गर्नको लागि भनौ या जीवन चलाउनको लागि धन सम्पति पैसा प्रयोगमा आउछ, तर यसबाट कुनै खुसी र सन्तुष्टी नमिल्दो रै’छ। खुसी त केवल माया प्रेममा मात्र मिल्दो रै’छ, केवल मायामा मात्र।

कविता

Umesh Rai
(उमेश राई )
अब भाँच्नु पर्छ दारा नङ्ग्रा

लालचका दास बनेर
आफ्नै भन्ठानेर सर्वस्व सुम्पेकाहरु
हाम्रो बिरुद्धमै
हतियार बनेर

हामी माथिनै ...
जाई लाग्न तयार छन् !!

लेख/बिश्लेषण

महिला भेदभाव र वैदेशिक रोजगारी
Kalpana Paudel "Jigyasu"
(कल्पना पौडेल "जिज्ञासु")

      आज पनि महिलाहरू सामाजिक, आर्थिक र राजनैतिक क्षेत्रबाट उत्पीडित र उपेक्षित छन् । सरकारी तथा गैरसरकारी क्षेत्रबाट महिला हक, हित र अधिकारका निम्ति गरिएका प्रयत्नका बाबजुद महिलाहरूको स्थितिमा तात्विक अन्तर आउन सकेको छैन ।
     महिलामाथि हुने अनेक उत्पीडनमध्ये घरेलु हिंसाबाट पनि नेपाली महिलाहरू उत्तिकै प्रभावित छन् । बितेका एक वर्षमा १ सय ५२ जना महिलाको हत्या २ सय ११ जनाको बलात्कार (जसमध्ये २३ जना महिला आफ्नै परिवारका सदस्यबाट बलात्कृत), १२ जना महिलाद्वारा आत्महत्या र ७५ जना महिला बोक्सीको आरोपमा पीडित भएको तथ्याङ्कले देखाएको छ ।

कविता

Kalpana Paudel "Jigyasu"
(कल्पना पौडेल "जिज्ञासु")
 निरन्तर यात्रा

तिमी आफ्नो लक्षमा पुग्न
चाहन्छौ भने निरन्तर हिड्दै
जाउ चाहे बाटो भरि धारिला
तरवारहरुनै किन
बिछाइएका
नहुन ...

घाउको कुनै प्रबाह नगरी
एक दृढ विश्वासका साथ
लामो यात्रामा हिडी राख
यस्तो सुन्दर संसारको
कल्पना
गर

कविता

जिल्लारामहरु
Keshar Thulung
(केशर थुलुङ)

सहरको परिवेशभित्र
नअटेका - जिल्लारामहरु
मनभरि बोक्न नसकिने
स्वार्थको भारी बोकेर
सहरदेखि गाउँ धाउँछन्

सोचेका होलान्
भाङ्ग्रा ओढेर सुत्ने गाउँ
अझै उस्तै छ
पहिलेका दसकहरुजस्तै
तर जिल्लारामहरुका कनसिरी
ठडिएकाछन् काँडेतारहरुजस्तै यतिबेला
गाउँ पनि सहरजस्तै भएको महसुसमा

कविता

भाग्य रेखा
Niraj Samapang
(निरज साम्पाङ )

लेख्नेले लेिखिदएन
या कोही कसैले लेख्न िदएन
जन्मदै हातमा भाग्य रेखा छुटेछ
त्यसैले म आज आफ्नो हातमा
भाग्य रेखाको स्केच कोिररहेछु।

इजरायल र अरबीयन मरुभूिमहरुमा
जापान र कोिरयाका सामुन्िद्रक डुंगाहरुमा ...
बंगुरका खोर र गाईका गोठहरुमा
मान्छेको भोग खाने कम्पनीहरुमा
साथी संगी आफन्त र देश छोडेर
हातका भाग्य रेखा बन्ला भन्ने
िझनो आसा बालेर
म हस्त रेखा कोिररहेछु।

कविता

निन्द्रा
Raju Pudasaini
(राजु पुडासैनी)

बडो अनौठो भो -
सपनाहरु सित निन्द्रा-देवता आए !...
आए - सुख-दुख बिनिमय गरिदिने राजा !
सधै सैनिक हरु पठाउथे
उठाउथे - समयभोग को कर !
थकानको पुरस्कार - ऐसको दस्तुर !
यो पाला
स्वंयम सरकार आए - अनौठो भो !

निन्द्रा स्वर्ग हो- निन्द्रा नरक हो
कोही भाग्न सक्दैनन् - यस्को सिमाना बाट पर
निन्द्रामा-
ब्रह्मचारी पनि संसर्ग गर्छ र स्खलित हुन्छ
कुमारीत्व भंग हुन्छ - कुमारीको

कृति चर्चा

मलाया एक्सप्रेस:  मलायाका कथा व्यथा
Akhanda Bhandari
(अखण्ड भण्डारी)
 

'आई लभ यु, मेरो काले !'
रातको साढे १० बजे उसको मोबाइलमा एसएमएस आयो । सिरकको गुजुल्टोलाई खुट्टा बोकाएर ओछ्यानमा लडेको ऊ मोबाइल खेलाउँदै त्यही कुरिरहेको थियो । एकै सासमा हेर्‍यो । अनि, तीव्र गतिमा प्रत्युत्तर टाइप गर्‍यो, 'सेम टु यु मेरी काली, डल्ली, पोक्ची !' 'बज्याले आज पनि घर छोडेन', उत्तरको उत्तर आयो ।  'भोलिचाहिँ एक-दुई घन्टा कतै पठाइदेऊ न,' उसले सन्देश पठायो । 'आई विल ट्राई,' कम्बटमा बसेर कन्दै उसले टाइप हानी । 'दुई दिन भइसक्यो, म त मर्नै लागें !'  'मचाहिँ बाँच्न लागेकी छु होला र ?'