Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):

दुई गजल

मनको बह खोलन कान्छी |
Sawara Limbu
(सावारा लिम्बु)
लागेको कुरा बोलन कान्छी ||

रोजीको मान्छे छेउमा पाउदा |
आपसी दुख घोलन कान्छी ||

भागयले भेट भएको मौका |
मायाले मुटु पोलन कान्छी ||

पबित्र फुल दिनलाई आउँदा |
नभ नि अन्त डोलन कान्छी ||

मनको बह खोलन कान्छी |
लागेका कुरा बोलन कान्छी ||
           (1)
           
डढेलोले बनै खायो सल्लाले के गर्नु |
स्यालले पोथी लग्यो चल्लाले के गर्नु ||

मुखमा राम राम बगलीमा छुरा छाम |
कथा भयो छेपारोको हल्लाले के गर्नु ||

लाखौ लाख युवा बिदेस पलायन हुदा |
खेत बारीमा उठेका डल्लाले के गर्नु ||

जनता लुटेको धन अक्तियारको सामु |
पैसा सुनले भरिएको गल्लाले के गर्नु ||

डढेलोले बनै खायो सल्लाले के गर्नु |
स्यालले पोथी लग्यो चल्लाले के गर्नु ||
              (2)
       
सावारा लिम्बु
पाँचथर नागी ५

No comments:

Post a Comment