Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):

कविता

Umesh Rai
(उमेश राई )
अब भाँच्नु पर्छ दारा नङ्ग्रा

लालचका दास बनेर
आफ्नै भन्ठानेर सर्वस्व सुम्पेकाहरु
हाम्रो बिरुद्धमै
हतियार बनेर

हामी माथिनै ...
जाई लाग्न तयार छन् !!

त्यसैले
लुङ्ग्वाहरु
आसेङहरु
लाफा लाङ्घाली पासाहरु
जागौँ ङोलो ङोल्स्यो हरु

आफ्नैहरु
हतियार बनेर
मतियार बनेर
जाई लाग्दैछन्
हामी माथिनै

अब

देश हामीले नै बचाउँने हो कामी दाई
त्यासैले
मेरो पुजा थानमै हालौँ आरन
र बनाऊँ हतियार

शेर्पाहरु झर्नु ओरालो
तराई मधेस चढ्नु उकालो
अर्जापौँ बिचार

देश हामीले नै सजाउँने हो दमै दाई
मन फाटेको खसान र लिम्बुवान सिलाउँनु छ

सार्की दाई झिक नहर्नी र नहर
र बनाउ बलियो ढाल
रोक्नु छ प्रहारहरु
सबै मिलेर छेक्नु छ
हाम्रो देशको सीमा अतिक्रमणहरु

अब चाहिँ देश हामीलेनै जोगाउँने हो
हाम्रो देश आफैले चलाउँने हो

अब भाच्नु पर्छ
स्वार्थी सासक का दारा नङ्ग्राहरु....

No comments:

Post a Comment