Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):

कविता

Nawaraj Subba
(नवराज सुब्बा)
विश्वासघात

एकाबिहानै अण्डाबाट
माउसुली फुत्त निस्केर
चढ्यो मेरो पिठ्यूमा
...
सोच्दो हो म उसको काका हुँ
साँझपख उड्दै उड्दै आयो
एउटा लामखुट्टेको बच्चा
र बस्यो मेरो गालामा
उसले पनि सोच्दो हो
म उसको मामा हुँ
विचराहरुलाइ के थाहा
यी माया गर्ने हातले
सुम्सुम्याउँदा सुम्सुम्याउँदै

अर्थात् माया गर्दा गर्दै पनि
तिनीहरु कच्याक कुचुक हुन्छन्
जसरी हाम्रो सपना पनि कुनै दिन
हाम्रै आफन्तकै हातमा खेल्दा खेल्दै
देख्दा देख्दै कच्याक कुचुक भएको थियो
तितेपातीको मुण्टा झैं निचोरिएको छ मन
परेली हुँदै तप्प तप्प झरेका प्राथमिक उपचार

भनौं या असफल प्रेमपत्रमा पोखिंदा निथ्रेको
ब्यर्थ लेखाई झैं बनेको यो जीवन
अझै कति अन्जानवश
अझै ककसका
गलामा, पींठ्यूमा
चढ्नु वा बस्नु
ती किराहरु झैं
फगत धोका खाँदै
विश्वासघात सहँदै ।

श्रावण १, २०७० विराटनगर

No comments:

Post a Comment