Goma Ojha (गोमा ओझा ) |
नआउ भो सामु प्रिय पिडा बनि सताउन,
आत्मियता भर्दै मन्मा फेरी मायाँ बसाउन,,
बिगतलाई सजाएर जिन्दगीका पाना भरि ,
पागल झै किन चायौ दुनियाँ नै हँसाउन,,
मिलन बिछोड भन्छन् सबै भाग्यको नै खेल हो रे,
दोषी संझि आफैलाई कति सक्छौ खसाउन,,
मन्को नाता टुट्ने छैन देह टाडा भए पनि,
नदेउ है त्यो आँखा आँशु धेरै रसाउन,,
जिउँनु छ तिम्ले अब भुलेर ती यादहरु,
बिन्ती गर्छु तिम्लाई म नयाँ खुशी सजाउन,,
No comments:
Post a Comment