कविता
आँशुको बर्षामा रुझ्दै
Raj Thapa (राज थापा) |
मेरो
पसिनाले सिन्चिएको यो सुन्दर देश
भोको
पेट र आङमा टालो नभएको मेरो भेष !
दु:खको
कुम्लो बोकेर म लागेको हुँ परदेश
आँशुको
वर्षामा रुझ्दै बिदा भएँ आफन्तबाट !
स्वयम्भुका
दुइटा आँखाले हेर्दै थिए मलाई
हिमाल
मुस्कुराउँदै मोहनि रुपले च्याउँदै थिए !फाटेको आङमा टालो, भोको पेटलाई अन्न !
कतै
बगाएको छु पसिना त कतै रगत
पठाई
रहेको छु आमा पसिनाको कमाइ !
कुर्सीमा
बसी रेमिटेन्स हेर्नेलाई के थाहा
पर्देशिमा
देशभक्ति हुन्न भन्नेलाई के थाहा !
पलपल
मेरो सम्झना जन्म भूमिमा
पलपल मेरो सम्झना जन्म भूमिमा !!
हाल: आएरल्यान्ड
No comments:
Post a Comment