M. P. Pokharel (एम. पी. पोखरेल) |
मेरी आमा सँधै मेरो माजै जस्तो लाग्छ ।
जति ठुलो म भएनि उन्लाई सानै लाग्ने
उन्को काखमा बस्न पाँउदा राजै जस्तो लाग्छ ।
ममताले कपाल छाम्दै उन्को काखमा मलाई
गुन गुन गर्दै उनि बोल्दा बाजै जस्तो लाग्छ ।
अभागी रैछु आमा टाढा भाको छु अचेल
पर्बमा नि भेट्न पाईन लाजै जस्तो लाग्छ ।
(१)
बिदेशमा खसेका ई आँशु देख्छ कस्ले
उत्पीडन र ज्यादतीका कथा लेख्छ कस्ले ?
सधै भरि स्त्रि र खै के का कुरा मात्र
प्रबासको शोषँणलाई अब छेक्छ कस्ले ?
देखाएर चिल्ला मिठा कुरा गर्नेहरु
दर्दनाक घाउहरुमा मायाँ सेक्छ कस्ले ?
आर्तहरुका चहराएका आला घाउका कुरा
बड्दो अन्यायका कुरा रोकी थेक्छ कस्ले ?
(२)
No comments:
Post a Comment