Total Pageviews (यो साइट हेरिएको जम्मा पटक):

कविता

Gurung Daju
(दाजु गुरुङ)
खाँबो

मुल खाँबो थियो
त्यो कुनै समयमा
र त्यो धुरी खाँबोले ...
घर धानेको थियो
धानेको थियो घर–परिवार , ईष्टमित्रहरु ।
तर रोक्नै नसकिने समयका चक्र
र घर पुर्निर्माणको वा मर्मत सम्हार क्रममा
किनार लाग्यो खाँवो
र घरको नक्सा वदलियो
घरका मुलीहरु वदलिए ,
साच्चै वदलिए घरका नक्साहरु
वदलिए घरका मुलीहरु कुनै दन्त्यकथाका पात्रहरु जस्तै
र त कुनै समयको मुल खाँबो
धुनी ताप्ने मुढो वोनेको थियो ।
समय सँगैका दिनमा
खाँवोले आफै उभिने जग पाएन
र धेरै पछिल्ला दिनहरुमा
ओत लाग्ने ठाँम पनि पाएन खाँबोले
किन की खाँबोको नाम जाती गोत्रादि
थिएन नयाँ पण्डितहरुका पोथी पात्रोहरुमा
मिलेन नयाँ पण्डाहरुको वेद वेदादि कर्म काण्डहरुमा
र त हेलित अपहेलित खाँबो
आज बङरङगै ढलेको छ ।
घरको मायामा
कसैका आँखाहरु रसाए
कसैका छाती भत भत पोल्यो ।
तर ढलेको खाँबो
त्यो कुनै दिन मुल खाँबो थियो ।
 
हङकङ
 

No comments:

Post a Comment