ओझेल परेकी आमा
Gita Thapa "Doshi" (गिता थापा दोषी ) |
‘नानी तँ आज यतै बसे हुन्न ? ‘ आमाको मुखबाट त्यो वाक्य निक्लिँदा म
अवाक भएर आमातिर हेरीरहेँ । मेरो मौनता चिर्दै आमाले फेरि उही वाक्य दोहोर्याईन्
‘तँ यतै बसे हुन्न ? एक रात बस्दा के बिग्रँन्छ ? सासूले हेरिहाल्छिन् छोरो । अब त
छोरो भात पनि खान्छ क्यार ! झ पर्न आँटेको थियो । के भन्नु नभन्नु म अलमल्लमा परेँ । मन भित्रभित्रै
हुट्हुटी चल्यो । जसरीपनि आमाको जिज्ञासाको जवाफ फर्काउनु थियो । निक्कैबेर गमेँ ।
आमाको एउटा आग्रहमा घरको मर्यादा उलंघन गर्नु उचित लागेन । आमाका हात समातेर भनेँ –
‘म एकदिन बस्ने गरि आउँछु । सासू हुँदा छोरोको पीर लिनु त पर्थेन । घरमा नसोधी आएकी
छु । ‘ मेरो जवाफ सुन्ने बित्तिक्कै आमाको उत्साह तेल निख्रियको बत्तिझैँ झ्याप्पै
निभ्यो । एकाएक अनुहार अँध्यारो भयो । नयनका ताल भित्रबाट आसुका मूल फुटेर बाहिर
निस्किए । गालालाई स्पर्श गर्दै छातीको सुख्खा पाटोलाई भिजाएर त्यहीं अलप भए । नभित्र गुम्सिएका दु:ख का भारी बिसाउन मन लागेको हुँदो हो आमालाई । लाग्न पनि
किन नलागोस् ? बुवा खस्दा पन्ध्रदिन बसेकि थिएँ । त्यो भन्दा यता मैले रात बिताएको
छैन आमासित । आफ्ना कुरा सुनिदिने मान्छे नहुँदा अत्त्यास लाग्दो हो । अनुहार पनि
मलिन देखिन्थ्यो । मलाई
भने सन्तान, घर,परिवार के भो होला ? के के न बित्यो, बिग्रियो होला । जिम्मेदारी भ्याइनभ्याइ छ । यस्तै सोचले झ्याप्प बसिहालौं झैं लागेन । राई घरलाई कर्म र कर्तव्यको जलाप लगाएर सिँगारी रहेकि छु । यो मेरो नारी हुनुको कर्म र कर्तव्य हो । म यही कर्म र कर्तव्यलाई एक इन्च तल माथि नपारीकन पूरा गरिरहेकि छु । आखिर मलाइ आमाले सिकाएकोपनि त यहि थियो । आफुले जे भोगिन् मलाई उही सिकाईन् आमाले । यसगरी परापूर्वकालबाट धर्म र संस्कारको श्रीबृद्धि भएको हुनुपर्छ । म मनमनै गम्दै आमासँग बिदा लिएर त्यहाँबाट हिँडे ।
सधैं बसपार्कसम्म छोड्न आउने मेरी आमाले आज घरबाटै बिदा गरिन । मलाई पनि हतार थियो । चुपचाप बिदा मागेर हिँडे । अली वर आएर फर्केर हेरेँ ….आमाले सारीको सप्कोले आँखा पुछ्दै गरेको देखेँ । त्यो देख्ने बितिक्कै मेरो मनमा ज्वालामुखीका लाभा फुट्न थाले । हाडीमा भुट्दै गरेको मकैको फूल उठेझैं भयो मनको कुनो । घाँटीमा ग्रहुँगो केही चिज झुन्ड्याएको आभाष भयो । बाटो बिचमा रुन ठीक लागेन । मान्छेको ओहोरदोहोर चल्दै थियो । गहका आँसु गहैमा सुकाएँ । म के गरुँ ? यो एउटा ज्यानलाई बुहारी, पत्नी, आमा, तीनवटा पदको जिम्मेदारीको बोझ थिए । उठाउँन सक्तिन भनेर धर पाउँदिन थिएँ मैले । अमिलो मन बनाउँदै बसपार्कमा आईपुगेँ । सबै बस भरिभराउ छन् । आकाश कालो मैलो भई रातले ढप्पक्कै छोप्न आँटीसक्यो । निक्कैबेरमा एउटा माइक्रो आयो । ‘मुढा मात्रै खाली छ दिदी जाने भए ? ‘ माइक्रोको कारीन्दाले चर्को स्वरले बोलायो मलाई । जसरी पनि गन्तव्यसम्म नपुगी नहुने थियो । सुबिधा खोजेर के आनाकानी गर्नु ? उसैपनि दिन आफ्नो रात अरुको । एक्लै दुक्लै हिँड्न गाह्रो थियो । म उसको भनाईमा सहमती जनाउँदै माइक्रोमा चढेँ । थचक्क मुढामा बसेर आँखा घुमाएँ । सप्पै हात बाँधेर आआफ्नो गन्तव्यको प्रतिक्षामा बसेका थिए । मेरो संयोग पनि शुभनै परेछ । हतार भएकोबेला अर्को माइक्रो फेर्नुपर्ने झञ्झटबाट मुक्त थिएँ म । मुढैमा भए पनि लामो सास तानेर सहज मान्दै बसेँ । घर नजिकको चोकमा पुर्याएर जव माईक्रोको कारिन्दाले गन्तव्य आईपुगेको सुचित गरायो ! तव मुटु ढक्क भएर फूल्यो । ‘चाँडै फर्की है दुलही ! ‘ घरबाट निस्कनु अगाडि सासूले भनेको सम्झिएँ । तर भने जस्तो भएन । उसैपनि तिललाई पहाड बनाउने सासूको बानी छ । त्यहाँ माथि उनको कुरा उलंघन गरेको जस्तो भयो । अब के चाह्यो । डर मान्दै घरभित्र पसें ।

नभन्दै रिसले आगो भएकि रैछिन् सासू । साँझको बत्तिसम्म नबाली धुमधुम्ती नाति
काखमा लिँएर बसेकी । हतार हतार बिजुली बालें । सासूको कालो अनुहार एकाएक बत्तिको
प्रकाशमा देखापर्यो । डर दबाएर सोधेँ- आमा बाबु निदायो ? ठुस्स परेर अँ ••••••
भनिन् । ‘के खायो’ भनेर अर्को पल्ट सोधेँ- जवाफ फर्काइनन् । म पनि जवाफको प्रतिक्षा
नगरी भान्छातिर लागेँ । बिहान मैले माँझेर घोट्याएका भाँडाकुँडा जस्ताका तस्तै घोप्ट्याएका थिए। के
गर्नु म बुहारी परेँ। मैलेनै ॠण खाएकि छु यसघरको । मुर्मुरिँदै दाल बसालेँ । कुकरको
सिठ्ठीले सासूको काखमा निदाएको छोरो उठ्यो । ग्याँसको अर्कोपट्टी मुखमा भात
छड्किदै थियो । छोरो मम्मी ! भन्दै चिच्याउन थाल्यो । छोरो पनि भान्छामै ल्याएँ
। अब भने सासू फुर्सदी भईन् । छोरीसँग फोनमा भलाकुसारी गर्न थालिन् । मैले पनि मन
कुँड्याई आँसु पुछ्दै गरेकी मेरी आमालाई सम्झिन पुगेँ । सासूको रवाफसँग तुलना गरेँ
। बाबुले छोडेर गएपछि भाउजु बुहारीको खट्न खानु परेको मेरी आमालाई दम र चिनीरोगले
ग्रस्त पारेको छ । प्रत्येक दिन औषधी नखाइहुन्न । म कहिलेकाहीँ भेट गर्न पुग्छु खाली हात । आमाको निन्याउँरो अनुहार देख्दा मेरो
छाती बेस्सरी पोल्छ । मेरा पनि आफ्नै बाध्यता र मजबुरी छन् । खडदार पदमा जागिरे
मेरा श्रीमानको तलबले एक महिनाको घर खर्च मुश्किलले उठाउँछ । आमा भक्त मेरा श्रीमान
महिना मर्ने बित्तिक्कै पैसाको बिटो ल्याएर आमाको हातमा राखिदिन्छन् । घरी घरी मलाई
श्रीमानको त्यस किसिमको व्यवहारले औधी रिस उठ्छ । घरी काखमा राखेर दुध चुसाउँदै
गरेको छोरो हेरेर दंग पर्छु । सोच्छु – यो छोरो पनि उसको बाउ जस्तै भयो भने ! मेरा
हात खुट्टा बसेको अवस्थामा मैले सुख पाउँने छु ।
घरी मेरा दाजु भाउजुले आमाप्रति गरेको व्यवहार देखेर धिक्कार्छु – छोरा, छोरा
भनि प्राण फाल्दै महायज्ञ र दान धर्म गरिगरि छोरा जन्माउन चाहने आमाहरुलाई । यो
बिधीको बिधान पनि उदेकलाग्दो छ । भात पकाएर सासू र श्रीमानलाई बोलाएँ । सासू हिन्दी सिरियल हेर्न व्यस्त थिइन् ।
श्रीमान किताबका कीरा पढ्नैमा व्यस्त । मेरो आवाज सुन्नेबित्तिक्कै उनी किताब बन्द
गरेर आए । सदाको ठाउँमा चुपचाप खान बसे । सासूलाई दोश्रो चोटि बोलाएँ । बल्ल
टेलीभिजन निभाएर छोरा छेउमा आएर टेबल अगाडिको भाग खपाखप खान थालिन् । “माइत गएकी
थिईस। आमालाई कस्तो रैछ” सम्म भनेर सोधिनन । त्यो उनको स्वभाव । मेरी आमाको सञ्चो
विसञ्चोको खबर किन सोधिनौ भन्नु नहुने । खानपिनको नित्यकर्म सकेर सुत्ने कोठामा पुगेँ । ढोकाबाट छिर्ने बित्तिकै छोराका
खेलौना र पत्रपत्रिका भुइँभरि छरिइरहेका थिए । तिनलाई समेटेर आ-आफ्नो ठाउँमा तह
लगाएँ । मनमनै सोचेँ । मैले नगरे कसैको जाँगर चल्ने होईन । सुत्नु अघि झ्याललाई
छोपेर ठडिएका पर्दा उचालेर बाहिरको दृस्य नियाले । झ्यालका खापा उघार्ने बित्तिक्कै
चिसो हावाले स्वागत गर्यो । हावाको झोक्काले छुने बित्तिक्कै पुरै शरीरमा आनन्द
महसुस भयो । बाहिर दुई घरमा बाहेक बत्ति निभिसकेका थिए । औंशीको रात आकाशमा
चन्द्रमा उपस्थित थिएन । खाली आकाश कालो बादलको बर्को गुम्लुङ्ग ओढेर उभिएको थियो ।
टाढा टाढासम्म अँध्यारोको साम्राज्य फैलिएको हुनाले राम्रोसँग केही देखिँदैनथ्यो ।
म झ्यालको पर्दा पहिलेझैं मिलाएर बिस्तारामा पसेँ । बलपुर्वक सुत्न प्रयास गरेँ ।
निदाउँन सकिन । आँखा ट्वाल्ल परेर उघ्रेका उघ्रियै भए ।
छोरो र श्रीमानभने गहिरो निन्द्रामा थिए । कोठाको सुन्सान बातावरणले गर्दा छिसिक
आवाज पनि चर्को सुनिन्थ्यो । छुचुद्रा र मुसाहरुका सन्तान फैलिँएछन् । च्वाँ च्वाँ
र चीँ चीँ झम्टाझम्टी सुनिन्थ्यो । सोचेँ, विष हालेर यीनको दोहोलो काढ्नुपर्ला भोली
। फेरि तीनले सिरक र डस्नामा गूँड लगाए भने बर्वाद पार्छन् । मेरो निदाउँने प्रयास असफल भयो । जति कोसिस गर्दापनि निन्द्रा पटक्कै लागेन ।
ओछ्यानबाट उठेँ । टेलिभिजन खोलें । पल्लो कोठाबाट सासू कराउन थालिन् ‘कोहो यो
मध्यरातमा टेलिभिजन खोल्ने ? आँखा लाग्न लागेका थिए ।’ जवाफ नफर्काई टेलिभिजन
निभाएर ओछ्यानमा गएँ । टेबलमाथीको जगको पानी खाएँ । भित्ताको घडी ले मध्यरातको दुई
बजायो । अब चाहिँ निदाउने विचारले टाउकोसम्मै पातलो पछ्यौरा ओढेर आँखा चिम्लिएँ ।
कानमा आमाले भनेका शब्द गुञ्जिदै थिए ‘नानी आज तँ यतै बसे हुन्न ? ‘ सासूलाई
चुल्होमा पसेर भात पकाउन लुतो आ’को भन्दा चारखन्ड दिक्क लाग्छ । महिनाबारी भएको
अवस्थामा चार दिन भात पकाएर खुवाउन प्रलय पर्छ । कहिले त ‘दुध चिउरा खाउँ है बाबु ‘
भनेर छोराको मञ्जुरी लिन्छिन् । छोरा परे गाईपरानी । ‘हजुरलाई गाह्रो भए जे ठीक र
सजिलो लाग्छ उही गर्नु ‘ भन्छन् । आमा फुरुङ्ग पर्छिन् । ’पूर्व जन्ममा जरुर राम्रो
कर्म गरेको हुनुपर्छ मेरी सासूले ‘ म सोच्छु । मनभरि कुरा खेलाउँदा खेलाउँदै बीचमा एक झप्को निदाईछु । बिहान भयो । ओछ्यानबाटै
कराउन थालिन सासू ‘हन ! उठ्ने बेला भएन दुलही ? आफूलाई चिया खान मन लागेर आधा पाखो
टाउको दुखेर मर्ने बेला भयो । ‘‘एउटा जावो चिया आफैँ पकाएर खान सकिन्छ नि ! ‘ भन्न मन लागेको थियो । सकिन ।
मनमै दबाएँ । आमा भक्त छोरा, मेरा श्रीमानले आमाको स्वरसँग स्वर खापेर बोलाए ‘नानु
उठ आमालाई चिया खान मन लाग्यो रे ! ‘ ‘मैले पनि सुनेकि छु तिम्रो आमाको कोकिलकण्ठ’
भनुँ झैं लागेको थियो । मनमा उठेको ज्वालमुखीलाई मनभित्रै शान्त पारेँ । अज्ञानी
बनी घरमा कलह मच्चाउँन मन पर्दैन मलाई । आज्ञाकारी बनी कपडा फेरेर भान्छामा छिरेँ
।
सर्वप्रथम छोराप्रति पहिलो हक आमाको लाग्छ । उनले हुर्काएर लक्का जवान बनाएपछि म
उनकी धर्मपत्नी भएर यो घरमा भित्र्याईएकी हुँ । मेरी सासूको भाग्य दह्रो रैछ । एउटै
भए पनि असल छोरो जन्माईन् । मेरी आमाले पनि जन्माउँनकै लागि चार चार भाई छोरा
जन्माईन् । तर एउटै काम नलाग्ने जन्माईन् । कसको के लाग्छ । सबैले आ-आफ्नो कर्मको
फल खाने न हो । मेरी आमाको भागमा त्यस्ता छोरा परे । मेरी सासूको भागमा यस्ता छोरो
। नियतीले जे जे भोग चलन गर्न छुट्याएको हुन्छ, त्यहि ब्यहोर्नुपर्छ यो मान्छेको
जातले । आफू रुढीवादी सोचकी मेरी आमा ! सन्तानलाई भाग्यवादी होईन कर्मवादी बन्नु पर्छ,
भन्ने शिक्षा दिने गर्थिन् । समय र अवस्था अनुसार चल्न सिक्नु पर्छ । नत्र सबै
भन्दा पछि परिन्छ भन्थिन् । आमाका प्रगतिशील कुराको धार समातेर समयको प्रवाहसँग
बग्दै सन्तान उच्च तहमा पुगे । आँगन पनि प्रदेश भैसकेकी मेरी आमा पछाडि छोडिईन् ।
सन्तानलाई समय सँगै चल्न सिकाईन् । तर आफैँ ओझेल परिन् । बैमानी, समय हो ? अथवा आफ्नै दुध बैगुनी हो । उनलाई अचेल ठम्याउँन हम्मे हम्मे
परेको छ । दु:ख लाग्दा कुना सम्झेर पिलपिल रोइदिन्छिन् । आफुले कखरा चिन्ने अवसर
पाईनन्, सन्तानलाई एम.ए बि.ए सम्मको शिक्षा आर्जन गर्ने वातावरण मिलाईन् । गुहु र
मुतमा डुबेर संसार देखाईन् । तर आज उनैले एक पैसाका लागि चारजना छोरासँग हात
पसार्नु पर्छ । सबैको एउटै वाक्य निक्लिन्छ ‘बुहारी सँग माग्नु ।’ बुहारीसँग हात
पसार्यो खान र लगाउन पाएकै छ । बिरामी पर्दा औषधी उपचार गरेकै छ । त्यो भन्दा के
चाह्यो ? लामो लेघ्रो तानेर तल्ला र, माथिल्ला घरका सासूको गतीवीधीको व्याख्या गर्न
थाल्छन् । त्यही आहतको पीडा अघाउजी पोख्न मन थियो होला शायद मेरी आमालाई । त्यसैले ‘आज यतै
बसे हुन्न ? ‘ भनेर आग्रह गरेकी थिईन् । मेरापनि आफ्नै बाध्यता र मजबुरी । छोरीले
बेलैमा घर गरि खानु पर्छ भनेर पराईको जिम्मा लगाईदियौ आमा । लाजपनि राम्ररी
नछिप्पिइँदै । म भित्र सल्किँएको डढेल्लो कस्ले देख्ने ? न खुलेर हाँस्न पाउनु छ ।
न खुलेर बोल्न । कसलाई सुनाउनु मेरो वेदना मैले ? सासूलाई दु:खसुखका कुरा सुन्ने
फुर्सत छैन । छोरीसँग फोनमा बात मार्दा र टिभीमा हिन्दी सिरियल हेर्दा दिनभरि
ठिक्कै । आमा भक्त मेरा श्रीमान जागिर खाएर लखतरान परि झम्के साँझमा घर फर्किन्छन्
। मुख देख्दा माया लाग्छ । के भनुँ उनलाई । कहिलेकहीं कार्यालयमा पूरा गर्न नसकेको
कामको फाइल घरमा बोकेर आउँछन् । न कामले उनको पिच्छा छोड्छ । न उनले कामको पिच्छा
छोड्नु । उनी एउटाको कमाईले सिंगो घर चलेको छ । कहिलेकाहीं मैले दुई निन्द्रा पुर्याउँदा उनी भने बत्तिको प्रकाशमा मुखभरी हाई
काँडेर तिनै फायलमा घोत्ली रहेका हुन्छन्। कसरी भन्नु मैले मेरी आमा सँग म
नितान्त एक्ली छु भनेर। आफ्नै पीडाको आहतले घाइते भएकी मेरी आमा। मेरो दु:खको
बोझ थपेर अझ दु:ख पार्न चाहन्न म उनलाई । म एक्लै गुनगुनाउँछु ‘यो एकाइसौं शताब्दीमा आईपुग्दापनि तिमीले दिएको कर्मवादको
शिक्षामा होईन भाग्यवादको बुट्यान र लहरा समातेर चिप्ले किरा झैँ घिस्रीरहेकि छे
तिम्री छोरी आमा । बिरोध गरुँ आफ्नै मुखको क्यान्भासमा अप शब्दका छिटा पोतिएर
दुर्गन्ध फैलिँने डर ।
तिम्रो जस्तै पीडा र व्यथाको आहालमा भासिएकि छु आमा म हिलाम्मे भएर । जीवनभरि
कमजोरी लुकाई लेखान्तालाई दोष दिएर बाँच्नु पर्छ । नबाँची यो भवसागरबाट छुट्कारा
मिल्दैन । छोरोको रुवाईले मलाई सोचमग्न गहिरो सम्मोहनबाट झस्काईदियो । म लामो सास
तान्दै मनभित्र उठेको आँधीतुफान एकातिर थन्क्याएर छोरोको रुवाई पछ्याउँदै
कोठातिर लागेँ ।
No comments:
Post a Comment