Pages

कविता

फागुपूर्णिमा 

बर्षाओं देखि सँगालेर
राखेको रहरहरु
Suna Rai
(सुना राई )
बेरङ-बेरङ
बसेकाछन् बन्दी भएर
कुनै मनको कारागारमा
कति राखुँ कैदी बनाएर?

आउ आज
होलिपूर्णिमाको दिन
रिहा गरिदिउँ हम्रा रहरहरुलाइ
मनको कारागारबाट
रङग्याएर आठौ रङहरुले
शुरु गरौं रङ्गीन् जीवन

आउ रिहा गरौ रहरहरुलाइ
रंङ्गिन बनौं आजै देखि
शुरु गरौ रङ्गीन जीवन
आउ खेलौ होली
रङ्ग्याइदिउ बेरङ् जीवनलाइ
खेलाउँ सबै रङ
बनौं रङ्गीन। 

No comments:

Post a Comment