अफर पाए नेपाली फिल्ममा खेल्ने रसियन नायीकाको रुचि
काठमाडौ,
आफू अभिनित रुसी फिल्म 'लभ इन रसिया' देखाएपछि यानिना
काल्गानोभाले भनिन्, 'म चाहिँ नेपाललाई माया गर्छु ।' नेसनल फिल्म अवार्ड समारोहका
लागि शनिबार काठमाडौं उत्रेकी रुसी नायिका यानिना सोमबार आफ्नो अनुभव सुनाउने
क्रममा कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा थिइन् । दर्जनौं टेलिसिरियल र आधा दर्जन
फिल्म खेलेकी उनी नेपालप्रति बढी नै मोह देखाइरहेकी थिइन् । 'कसैले नेपाली फिल्ममा
काम गर्नुपर्यो भने,' उनी खुलिन् 'म नाइँ चाहिँ भन्दिनँ ।'
![]() |
Yanina Kalganova |
दुई वर्षअघि आफ्नी साथीले नेपाल भ्रमणका फोटाहरू देखाएपछि उनी लोभिएकी थ्ािइन्
रे । 'तिनै तस्बिरले नेपाल जाउ“m-जाउ“m बनाएका थिए,' उनले भनिन् ।
पहिलो फिल्म 'लभ इन यूएसएसआर -रसिया)' मा अभिनय गरेकी उनी थिएटर हुँदै फिल्म
दुनियाँ पसेकी हुन् । फिल्म करिअरका लागि उनले त्यो फिल्म आफ्नो जीवनकै अत्यन्त
महत्त्वपूर्ण रहेको सुनाइन् । त्यो फिल्ममा भूमिका सानै भए पनि त्यसपछि नै उनलाई
लगातार कामको अफर आएको थियो । तीन युवक र दुई युवतीको अभिनय रहेको फिल्म युवा
पुस्ताको प्रेम र जीवनशैलीमा आधारित छ । अन्य चार कलाकारले पनि यही फिल्मबाट
अभिनयको पहिलो अवसर पाएको उनले सुनाइन् ।
सिरियल, फिल्म र रंगमञ्चको एकसाथ अनुभव बटुलेकी उनी कामको हिसाबले रंगमञ्च अलिक
चुनौतीपूर्ण मान्दी रहिछन् । उनको विचारमा रंगमञ्च जीवनको यथार्थ रूप हो भने फिल्म
अलिक प्राविधिक । आमा हुँदाको मनोविज्ञान, कामकाजी महिलाको जीवनशैली, प्रेमीेले
धोका दिँदा युवतीमा पैदा हुने मानसिक आघात, सौता हाल्दाको पीडा जस्ता गम्भीर
सामाजिक विषयमा आफूले काम गरेको उनको भनाइ रह्यो । ठाउँ र परिस्थिति फरक भए पनि
संसारका जुनसुकै महिलाको पीडा र समस्या उस्तै रहेको पनि उनले सुनाइन् । मोटी,
हँसिली २७ वषर्ीया यानिनाको पछिल्लो फिल्म 'हनिमनी' रिलिज क्रममा छ । केही भारतीय
फिल्म हेरेको भए पनि नेपाली फिल्मबारे भने खासै जानकारी नभएको उनले बताइन् । 'भारत
र नेपालको संस्कृति चाहिँ धेरै हदसम्म मिल्दोजुल्दो रहेछ,' दुईपटक भारत घुमिसकेकी
उनले भनिन् । नेपाली फिल्म उद्योगबारे बुझ्न चाहिरहेको उल्लेख गर्दै उनले 'कुनै
निर्देशकले नेपाली फिल्म खेल्ने प्रस्ताव राखे तयार हुने' मात्रै बताइनन्,
सांस्कृतिक आदानप्रदानका लागि फिल्म निकै प्रभावकारी माध्यम हुने दाबी गर्दै रुसमा
'हिन्दी फिल्मजति नेपाली फिल्मको चहलपहल नभएकोमा' दुखेसो पनि पोखिन् ।
'नेपाली फिल्मलाई रुसीमा र रुसीलाई नेपालीमा सबटाइटल गरी नियमित प्रदर्शन गर्न
सके निकै राम्रो हुन्छ,' उनले भनिन्, 'किनभने फिल्मले दुई देशका नागरिकको मन जोड्न
सघाउँछ ।'
No comments:
Post a Comment